बिहिवार, चैत्र २०, २०७६
    बिदेश

    फिलिपिन्समा कोरोनाभाइरसबाट एक जनाको मृत्यु, चीनमा मृतक संख्या ३ सय नाघ्यो

    आईतवार, १९ माघ २०७६, आहाखबर

    काठमाडौँ, १९ माघ

    कोरोनाभाइरसबाट फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको छ । कोरानाको संक्रमणबाट मृत्यु भएका ती ४४ वर्षीयको थप पहिचान खुलाइएको छैन ।

    फिलिपिन्सको स्वास्थ्य विभागकाअनुसार, २५ जनवरीमा अस्पताल भर्ना भएका बिरामीको मृत्यु भएको हो ।

    चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरसको संक्रमण २२ देशमा फैलिसकेको छ । चीनमा मात्रै मृतकको संख्या ३०४ पुगेको छ । कोरोनाबाट १२ हजार बढी संक्रमित देखिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast