सोमबार, चैत्र २४, २०७६
    आर्थिक खबर

    फेरी बढ्यो सुनको भाउ, तोलाको कति ?

    आईतवार, १९ माघ २०७६, आहाखबर

    काठमाडौँ, १९ माघ

    नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ ।आइतबार सुनको भाउ बढेर प्रतितोला ७६ हजार ५ सय पुगेको छ । 

    गत पुस २३ गते प्रतितोला ७६ हजार ५ सय पुगेर किर्तिमान कायम गरेको सुनको मूल्य आज सोही मूल्यमा पुगेको हो। शुक्रबार ७६ हजारमा कारोबार भएको सुन आइतबार ५ सयले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

    त्यसैगरी, तेजाबी सुनको मूल्य पनि बढेको छ। शुत्रबार ७५ हजार ७ सयमा कायम भएको तेजाबी सुन आइतबार प्रतितोला ५ सयले बढेर ७६ हजार २ सयमा कारोबार भइरहेको छ।

    चाँदीको मूल्य आजका लागि ८ सय ९५ रुपैयाँमा कायम छ। शुक्रबार ८ सय ९० मा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले बढेको हो।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको छ। आजका लागि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन मूल्य प्रतिऔंस १५ सय ७३ अमेरिकी डलरमा कारोबार भएको थियो।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast