शुक्रबार, चैत्र २१, २०७६
    कला-सौन्दर्य

    प्रियंकापछि आँचल शर्माको बिहेको मिति पक्का

    शनिबार, १८ माघ २०७६, आहाखबर

    काठमाडौं, १८ माघ । नायीका आँचल शर्माको फागुनमा बिहेको मिति पक्का भएको छ । हालैमात्र अभिनेत्री प्रियंका कार्कीको बिहे मिती सार्वजनिक भएपछि आँचलको पनि बिहेको मिति पक्का भएको हो ।

    ०७६ सालमा धेरै नेपाली अभिनेत्रीहरुको बिहे जुगेको छ । एक महिनाअघिमात्रै अभिनेत्री ऋचा शर्माले प्रेमी दिपेक्ष विक्रम राणासँग बिहे गरिन् । त्यसको एक महिनापछि प्रियंका कार्कीको बिहे मिती सार्वजनिक भयो। उनी अभिनेता आयुष्मान देशराज श्रेष्ठसँग यही फागुन १५ गते लगनगाँठो कस्दैछिन् । 

    प्रियंकाको बिहे मिती सार्वजनिक भएको एक साता नपुग्दै अर्की अभिनेत्री आँचल शर्माको पनि बिहे मिती पक्का भएको छ । उनी निकटस्थ श्रोत अनुसार फागुन अन्तिम साता उनी प्रेमी उदिप श्रेष्ठ बिहे गर्दैछिन् । 

    बिहेको पुर्वसन्ध्यामा शुक्रवारमात्रै उनले आफ्नो परिवारसँग ‘हुनेवाला दुलही’ भन्दै केक काटेकी छिन् । यो साल बिहे गर्ने अभिनेत्रीको सुचीमा आँचल नै अन्तिम हुन्छिन् या अरु पनि तयारीमा छन् हेर्न बाँकी नै छ ।  

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast