शुक्रबार, चैत्र २१, २०७६
    कला-सौन्दर्य

    सलमान खानले खोले बिहे नगर्नुको रहस्य

    शनिबार, १८ माघ २०७६, आहाखबर

    मुम्बई, १८ माघ । बलिउड सुपरस्टार सलमान खानका हरेक क्रियाकलाप आम नागरिकका लागि चासोका विषय बन्ने गर्छन् । उनका फिल्महरुको सबैलाई प्रतिक्षा हुन्छ । 

    उनको व्यक्तिगत जीवनको बारेमा पनि धेरैले चासो देखाइरहेका हुन्छन् । उनको विवाहको सन्दर्भमा थुप्रैपटक विभिन्न कार्यक्रमहरुमा सवाल उठ्ने गर्छन् तर सलमान विवाहको विषयमा आलटाल गरे उम्किन्छन् । 

    तर, उनले एक अन्तरवार्तामा विवाहको विषयमा खुलेर कुराकानी गरेका छन् । उनले विवाहप्रति विश्वास नभएको बताउँदै भने, ‘मलाई अब विवाहप्रति विश्वास लाग्दैन । मलाई विवाह एउटा संस्था जस्तै भइसकेको छ ।

    अब यो विस्तारै विस्तारै गायब हुनसक्छ ।  तर, आज पनि साथीभाई, आफन्त र दाजुभाइ नै हाम्रो दुखसुखमा साथ दिन्छन् ।’ उनले छोराछोरीको विषयमा कुरा गर्दै भने, ‘जब हुने हो हुन्छ ।’

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast