बिहिवार, चैत्र २०, २०७६
    बिदेश

    ‘पूर्ण पृथक’ हुँदा बेलायत कमजोर बन्ने इयूको भनाइ

    शुक्रबार, १७ माघ २०७६, आहाखबर

    ब्रसेल्स, १७ माघ

    यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनपछिको नयाँ बिहानीबारे छलफल गर्न शुक्रबार ब्रसेल्समा भेला भएका उच्च अधिकारीले ब्रेक्जिटपछि बेलायतले इयूसँग निकट रहँदाको लाभ गुमाउने बताएका छन् ।
     
    “हामी संयुक्त अधिराज्यसँग सकेसम्म राम्रो सम्बन्ध कायम होस भन्ने चाहन्छौँ तर समूहको सदस्य रहँदाजस्तो कहिल्यै हुन सक्दैन,” यूरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले भन्नुभएको छ ।
    उहाँले इयू परिषद्का अध्यक्ष चाल्र्स मिसेल र यूरोपेली संसदका सभामुख ड्याभिड सासोलीसँगै उभिएर भन्नुभयो, “एकताका कारण इयूले विश्वमा राजनीतिक सम्मान हाँसिल गरेको हो र विश्वको आर्थिक शक्तिकेन्द्र बनेको हो ।”

    यूरोप अनुभवले हामीलाई ‘पूर्णरूपमा पृथकता’ मा शक्ति क्षीण हुने तर अद्वितीय एकतामा बल हुने कुरा सिकाएको छ,” उहाँले भन्नुभयो ।

    ‘पूर्ण पृथक’ भन्ने वाक्यांश बेलायतको विश्वव्यापी व्यापारिक साम्राज्य भएका समय १९ औँ शताब्दीको युरोपेली मुख्य भूमिको राजनीतिबाट टाढा रहने विदेश नीतिसँग सम्बन्धित छ । 

    बेलायतले ग्रीनवीच समय अनुसार शुक्रबार राति ११ बजे युरोपेली संघ छोड्ने छ । ब्रसेल्सको मध्यरात अर्थात् १२ बजे इयूबाट बेलायत बहिर्गमन भएपनि आगामी ११ महिनाको संक्रमणकालमा ईयू नियमको व्यापार, यात्रा र व्यवसायसम्बन्धी अधिकांश कानूनलाई पालना गर्नुपर्नेछ । 

    बहिर्गमन हुनभन्दा करिब एक घण्टा पहिले प्रधानमन्त्री बोरिस जोसनले अर्को हप्ता बेलायतको भावी व्यापार सम्झौताको लागि वार्ता प्राथमिकताहरू खुलासा गर्ने अपेक्षा गरिएको छ । ब्रसेल्सले पनि आगामी एक साताभित्र व्यापार सम्झौताका बिषयमा सहमति गरिने भोन डर लेनले पनि बताउनुभयो ।

    “सोमबार, हामी हाम्रो इतिहासमा नयाँ पृष्ठ खोल्नेछौं,” उहाँले भन्नुभयो । “आयोगले वार्ताका लागि आफ्नो धारणा प्रस्तुत गर्नेछ,“ उहाँले पत्रकारसँग बताउनुभयो ।

    “हामी संयुक्त अधिराज्यको साथ उत्तम साझेदारीको चाहना गर्छौं तर यो स्पष्ट छ कि त्यहाँ सधैँ विचारमा भिन्नता रहनेछ । युरोपेली संघको सदस्य हुनुलाई गाह्रो छ । संघमा सामथ्र्य छ ।” 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast