मंगलवार, चैत्र १८, २०७६
    लाइफस्टाइल

    नुहाउने पानीमा नुन मिसाउनुको फाईदा यस्ता छन्

    शुक्रबार, १७ माघ २०७६, आहाखबर

    काठमाडौँ, १७ माघ

    नुनविना हाम्रो छाक टर्न मुस्किल छ । परिकार जुनसुकै होस्, रेसिपीमा एउटा नाम अनिवार्यजस्तै हुन्छ– नुन । 

    स्वाद त भैहाल्यो, स्वास्थ्यका लागि पनि नुन उत्तिकै आवश्यक छ । केही दिन नुन नखाँदा रगतमा सोडियमको मात्रा घट्न थाल्छ । त्यसले अनेक समस्या निम्त्याउँछ । तर, के तपाईंलाई थाहा छ, नुहाउने पानीमा पनि नुन उत्तिकै महत्वपूर्ण छ भनेर ?

    नुहाउने पानीमा नुन मिसाउनाले विभिन्न रोगबाट बच्न सकिन्छ । यसले तपाईंलाई इन्फेक्सनको खतराबाट पनि जोगाउँछ । तर, कहिले र कसरी प्रयोग गर्ने त नुहाउने पानीमा नुन ?

    ज्वरो आउँदा 

    ज्वरो आएको बेला मनतातो पानीमा सिधेनुन मिसाएर नुहाउनुस् । एक बाल्टी मनतातो पानीमा दुई चम्चा नुन र एक चम्चा नरिवलको तेल मिसाएर नुहाउँदा ठन्डी र ज्वरोबाट राहत मिल्छ । 

    क्याल्सियमको कमी हटाउन 

    साल्ट वाटर बाथले शरीरमा क्याल्सियमको कमी हटाउँछ । यसबाट मांशपेशी दुख्ने समस्या कम हुनुका साथै हड्डी, कपाल र नङ बलियो हुन्छ । 

    अनिद्रा हटाउन 

    नुनपानीले नुहाउनाले शरीर चिलाउने समस्या हट्छ । साथै, गहिरो निद्रा पनि आउँछ । निद्रा नलाग्ने समस्या भएकालाई यो ठूलै राहत हुन सक्छ ।

    थकान र स्ट्रेस कम गर्न

    नुनपानीले स्नान गर्नु शारीरिकका साथै तथा मानसिक स्वास्थ्यका लागि पनि फलदायी छ । नुनपानीले नुहाएपछि तपाईं ज्यादा शान्त र खुुसी भएको महसुस गर्नुहुन्छ ।

    यो एक ‘स्ट्रेस बस्टर’ हो । यसले आरामको अनुभूतिसँगै मानसिक शान्ति पनि बढाउँछ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast