मंगलवार, चैत्र २५, २०७६
    स्वास्थ्य

    कोरोनाभाइरस : डब्ल्यूएचओद्वारा आपतकालको घोषणा

    शुक्रबार, १७ माघ २०७६, आहाखबर

    काठमाडौँ, १७ माघ

    कोरोनाभाइरसको प्रकोपले एकै दिन चीनमा ४२ जनाको ज्यान गएपछि यस प्रकोपलाई लिएरु विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकालिन घोषणा गरेको छ ।

    कोरोनाभाइरसको प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा आपतकाल घोषणा गरेको हो ।

    चीनमा भएको पछिलो ४२ जनाको मृत्यु सँगै कोरोनाभाइरसका कारणा ज्यान जानेको संख्या २१३ पुगेको छ । कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने भय रहेको छ ।

    डब्ल्यूएचओ का प्रमुख टेड्रोस अडनोम गेब्रियसले विश्व आपतकालीन अवस्था घोषणा गर्नुको कारण बारे बोल्दै चीनमा के भैरहेको छ भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेकोू बताएका छन् ।

    चीनको हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण हाल चीन बाहेक कम्तिमा १८ देशमा देखिएको छ । 

    नेपाल, अमेरिका, फ्रान्स, जर्मनी, थाइल्याण्ड, भारतलगायत देशमा पनि संक्रमण भेटिएको छ । चीनभन्दा बाहिरका देशमा कोरोनाभाइरसका कारण कसैको ज्यान नगए पनि यसको फैलिने गतिले महामारीको रुप लिनसक्ने विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast