सोमबार, चैत्र २४, २०७६
    कला-सौन्दर्य

    क्रिकेटर सोमपाल कामीले कैलालीकी प्रतिभासँग कसे लगन गाँठो

    बिहिवार, १६ माघ २०७६, आहाखबर

    काठमाडौं, १६ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सोमपाल कामी विवाह बन्धनमा बाधिएका छन् । क्रिकेटर सोमपाल कामीले कैलालीकी प्रतिभा घिमिरेसँग लगन गाँठो कसेका हुन् ।

    दुई परिवार र सीमित साथीभाइबीच सोमपाल र प्रतिभाले विवाह गरेका हुन् । उनीहरूले विगत ४ वर्षयता प्रेमसम्बन्धमा थिए ।

    नव–विवाहित दम्पतीलाई पूर्वकप्तान तथा राष्ट्रिय क्रिकेट खेलाडी पारस खड्काले शुभकामना दिएका छन् । उनले फेसबुकमा विवाहको फोटो पोस्ट गर्दै दुवैलाई शुभकामना दिएका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast