सोमबार, चैत्र २४, २०७६
    सावधान

    फरार अभियुक्त पक्राउ

    बुधबार, १५ माघ २०७६, आहाखबर
    काठमाडौँ, १५ माघ
     
    आफ्नै साथीको हत्या गरी फरार भएको भनिएका व्यक्ति आज पक्राउ परेका छन् । उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो । वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय फिरोज मियाँलाई हत्या आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पक्राउ गरेको हो । 
     
    उनीमाथि विसं २०७२ माघ २९ मा ललितपुर उपमहानगरपालिका–३ धोवीघाटस्थित  निर्माणाधीन घर कुर्न बसेका ३० वर्षीय सुरेशकुमार साहलाई हत्या गरेको आरोप छ । मादक पदार्थ पिएपछि विवाद हुँदा मियाँले इँटा र रड प्रहार गरी हत्या गरेर फरार भएको ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । उनलाई काठमाडौँको कीर्तिपुर नगरपालिका–२ बाट ब्यूरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान र कारवाहीका लागि आजै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast