सोमबार, चैत्र २४, २०७६
    मुभी-थिएटर

    अक्षयले सारे आमिरका लागि आफ्नो फिल्मको रिलिज डेट

    मंगलवार, १४ माघ २०७६, आहाखबर

    मुम्बई, १४ माघ । बलिउडका चर्चित अभिनेता आमिर खान र खेलाडीका नामले चिनिने अक्षय कुमारको फिल्म रिलिज हुने क्रममा छन् । दुबैको फिल्म रिलिजको डेट जुध्न गएपछि आमिर खानका लागि अक्षय कुमारले आफ्नो रिलिज मिती सारेका छन् ।

    यो क्रिसमसमा आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ रिलिज हुँदैछ । क्रिसमसको अवसरमा रिलिज हुने यो फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने आँकलन गरिएको छ ।

    आमिरले भन्दा पहिले सोही मितिमा अक्षय कुमारले आफ्नो फिल्म ‘बच्चन पाण्डे’ रिलिजको घोषणा गरेका थिए । जसकारण, दुवैका फिल्म बक्स अफिसमा भिड्ने पक्काजस्तै भएको थियो ।

    तर, अब भने भिडन्त टरेको छ । अक्षय कुमारले आफ्नो फिल्मको मिति पछाडि सारेका छन् ।

    अक्षय कुमारले आफ्नो फिल्मको रिलिज मिति पछाडि सारेपछि ‘लालसिंह चड्ढा’ क्रिसमसमा एक्लै आउने भएको छ । यो कुरा आमिरले ट्वीट गरेर स्पष्ट पारेका छन् । आमिरले अक्षय कुमार र साजिद नाडियाडवालालाई धन्यवाद पनि दिएका छन् ।

    फिल्म एउटै मितिमा रिलिज नहुने भएपछि फाइदा भने दुवै फिल्मलाई हुने भएको छ । अक्षय कुमारले यसअघि पनि सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ का लागि ‘प्याडम्यान’ को रिलिज मिति पछाडि सारेका थिए ।

     

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast