सोमबार, चैत्र २४, २०७६
    सावधान

    सुर्खेतमा टिपरले किच्दा २० वर्षिया युवकको मृत्यु

    मंगलवार, १४ माघ २०७६, आहाखबर

    सुर्खेत, १४ माघ । वीरेन्द्रनगरमा टिपरले किच्दा २० वर्षिया केशर सिंहको घटनास्थलमै मृत्यु भएको छ । वीरेन्द्रनगरको रत्न राजमार्ग खन्डमा बाङेसिमलदेखि मङ्गलगढी आउँदै गरेको टिपरले किच्दा कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया सिंहको मृत्यु भएको हो ।

    टिपरले सिंहलाई किचेर अन्दाजी २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । वीरेन्द्रनगर–३ गौतम चोकमा भे१ख २२४२ नम्बरको टिपरले भे१प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    सिंहका आफन्तले अहिले यरिचोक र गौतम चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिपर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast