सोमबार, चैत्र २४, २०७६
    कला-सौन्दर्य

    गायिका आस्था राउत चार दिन हिरासतमै रहने

    मंगलवार, १४ माघ २०७६, आहाखबर

    काठमाडौं, १४ माघ । गायिका आस्था राउत प्रहरी हिरासतमा छिन् ।  प्रहरीले ९ दिन अघि पक्राउ पूर्जी जारी गरेकोमा सोमबार बिहान गायिका आस्था आफैंले प्रहरीसमक्ष आत्मसमर्पण गरेकी हुन् । 

    त्यसपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुले अनुसन्धानका लागि हिरासतमा लिएको हो । प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको लागि म्याथ थप गरेर गायिका आस्थालाई सोमबारबाटै हिरासतमा राखी अनुसन्धान सुरु गरेको छ ।

    गत १ माघमा कन्सर्टका लागि यी गायिका सिक्किम गएकी थिइन् । गायिका अस्थालाई पक्राउ गर्न प्रहरीले यसअघि नै अभद्र व्यवहार प्रकरणमा पक्राउ पुर्जी जिल्ला अदालतबाट लिएको थियो । त्यसैले उनी सिकिम्मबाट शुक्रबार मात्र निजी कार चढेर काँकडभिट्टाबाट काठमाडौं आएकी हुन् । आस्थाले सोमबार बिहान महानगरीय प्रहरी परिसर टेकु पुगेर आत्मसमर्पण गरेकी हुन् ।

    सिक्किममा कन्सर्ट गर्न जाने क्रममा गत १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचको क्रममा गायिका राउत प्रहरी जवान रमिता श्रेष्ठबीच वादविवाद भएको थियो । आफूलाई ती महिला प्रहरीले तँ भनेर दुव्र्यवहार गरेको भन्दै सोही दिन गायिका आस्थाले सामाजिक सञ्जाल फेसबुकमा लाइभ भिडियो सार्वजनिक गरिन् । सो भिडियोमा उनले प्रहरी प्रशासन र ती महिलाविरुद्ध आक्रोस पोख्दै गालीगलौज गरेकी थिइन् ।

    महिला प्रहरी रमिता श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचको क्रममा गायिका राउत र आफूबीच भएको वादविवादको भिडियो र आस्थाले सोही दिन प्रकाशन गरेर आक्रोस युक्त भिडियोको आधारमा प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा प्रहरीले ५ माघमा जिल्ला अदालत काठमाडौंबाट आस्थाविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast