सोमबार, चैत्र २४, २०७६
    आर्थिक खबर

    सम्झौता नगरी खर्च भएको १ करोड डलर दिन एमसीसीले मानेन

    मंगलवार, १४ माघ २०७६, आहाखबर

    काठमाडाैं १४ माघ।

    अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सम्झौताका सबै सर्त पलना नभई नेपालले गरेको खर्चको सोधभर्ना दिन नमिल्ने बताएको समाचार छ । साथै एमसीसीले सरकारलाई सम्झौता कार्यान्वयनका थाती काम छिटो सम्पन्न गर्न पनि आग्रह गरेको छ ।

    सरकारले अमेरिकाले एमसीसीमार्फत दिन लागेको ५० करोड अमेरिकी डलर अनुदान सहायतामा कार्यान्वयन गरिने परियोजना तयारी र कार्यान्वयनका लागि कार्यालय स्थापना गरी काम अघि बढाएको छ । एमसीसी सहयोगका परियोजना अर्थ मन्त्रालय मातहतको विकास समिति, मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालमार्फत कार्यान्वयन हुँदैछन् ।

    एमसीए नेपालले परियोजना विकास र कार्यालय सञ्चालनका क्रममा सरकारले नै खर्च गर्दै अएको छ । यो खर्चको सोधभर्ना स्वरुप १ करोड अमेरिकी डलर माग गर्दै सरकारले एमसीसीलाई पत्राचार गरेको थियो । एमसीसीले अर्थमन्त्री डा. युवराज खतिवडालाई जवाफ पठाएर सबै सर्त पालना नभएसम्म सोधभर्ना निकासा गर्न नसकिने स्पष्ट पारेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast