मंगलवार, चैत्र २५, २०७६
    स्वास्थ्य

    कोरोना भाइरसको संक्रमणबाट जोगिन के गर्ने?

    आईतवार, १२ माघ २०७६, आहाखबर

    काठमाडौँ, १२ माघ

    चीनमा कोरोना भाइरस संक्रमण बढेको छ। आइतबारसम्म यो भाइरसको संक्रमणका कारण ५६ जनाले ज्यान गुमाइसेका छन्। चीनमा मात्र १ हजार ९ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ।

    पहिलो पटक सन् २०१९ को डिसेम्बरमा चीनको उहानमा देखिएको कोरोना भाइरस अहिले विश्का १० देशमा देखिएको छ। नेपाल, अमेरिका, क्यानाडा, जापान, दक्षिण कोरिया, थाइल्याण्डलगायतका देशमा कोरोना भाइरस संक्रमण भएको व्यक्ति भेटिएका छन्।

    नेपालमा पनि एक जनामा कोरोना भाइरस देखिएको छ। चीनबाट नेपाल आएपछि परीक्षण गर्दा उनका उक्त भाइरस देखिएको हो। बढी उमेर भएका र दीर्घ रोग लागेका व्यक्तिमा यो भाइरसको संक्रमण बढी पाइएको छ। प्रेसर, दम, क्षयरोग भएकामा यसको सक्रमण बढी देखिएको छ।

    केही सामान्य तरिका अपनाए कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिन्छ। निम्न तरिका अपनाए यसको संक्रमणबाट जोगिन सकिन्छः

    – बिरामी मानिसहरूको सम्पर्कमा नआउने।
    – सकेसम्म भाईरस प्रभावित क्षेत्रहरूको यात्रा नगर्ने।
    – जीवित वा मृत जनावर एवम् खासगरी नपकाएको मासुको सम्पर्कबाट टाढा रहने।
    – साबुनपानीले बारम्बार हात धुने।
    – साबुनपानी उपलब्ध नभएको अवस्थामा अल्कोहलयुक्त स्यानिटाईजरको प्रयोग गर्ने।
    – पानी धेरै पिउने।
    – माक्स लगाएर मात्र हिंड्ने।
    – घर पुग्ने बित्तिकै साबुन पानीले हात धुने।
    – चार–पाँच दिनसम्म रुघाखोकी निको नभए तुरुन्त स्वास्थ्य जाँचको लागि अस्पताल जाने।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast