सोमबार, चैत्र २४, २०७६
    कला-सौन्दर्य

    बलिउड

    धर्मबारे शाहरुख भन्छन्- म मुसलमान, मेरी पत्नी हिन्दू अनि छोराछोरी …

    आईतवार, १२ माघ २०७६, आहाखबर

    एजेन्सी, १२ माघ

    बलिउड अभिनेता शाहरुख खानले एक टिभीमा दिएको अन्तर्वार्ता अहिले निकै चर्चामा छ । किनकि अन्तर्वार्तामा उनले आफ्नो परिवारमा धर्मलाई लिएर कहिल्यै कुनै चर्चा नहुने बताएका छन् । 

    भारतीय टिभी स्टार प्लसमा प्रसारण भएको कार्यक्रममा उनले भनेका छन्, ‘हाम्रो परिवारमा हामीले कहिल्यै हिन्दू, मुसलमानको कुरा गरेका छैनौँ । मेरी श्रीमती हिन्दू हुन्, म मुसलमान हुँ र हाम्रा बच्चा हिन्दुस्तान हुन् ।’

    ‘कयौँपटक जब उनीहरु स्कुल जान्छन्, स्कुलमा भर्नुपर्छ कि हाम्रो धर्म कुन हो,’ शाहरुखले भनेका छन्, ‘मैले अनि भनेको हुन्छु कि हामी इन्डियन हौँ, कुनै धर्मका होइनौँ र हुनु पनि पर्दैन ।’

    शाहरुखको यो धारणालाई लिएर अहिले सामाजिक सन्जालमा भारतीय प्रयोगकर्ता निकै जोशका साथ टिप्पणी गरिरहेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast