शुक्रबार, चैत्र २१, २०७६
    कला-सौन्दर्य

    भारतीय टेलिभिजनकी चर्चित अभिनेत्रीले गरिन आत्महत्या

    शनिबार, ११ माघ २०७६, आहाखबर

    नयाँदिल्ली, ११ माघ । भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छन् । शुक्रबार आत्महत्या गरेकी सेजलको घरमा सुसाइड नोट पनि प्राप्त भएको प्रहरीले जनाएको छ । 

    सेजल शर्मा स्टार प्लसको सिरियल ‘दिल तो ह्याप्पी हे जी’मा अन्तिम पटक देखिएकी थिइन् । सिरियालमा सेजलले सिम्मी खोसलाको भूमिका निभाएकी थिइन्, जो मुख्य पात्रको बहिनीको भूमिका हो । 

    प्रहरी इन्स्पेक्टर सन्दीप कदमले सेजल शर्माको घरमा सुसाइड नोट प्राप्त भएको र त्यसमा नीजि कारणले आत्महत्या गर्नुपरेको लेखिएको बताए । 

    सेजलले सिरियल अघि भीवो मोबाइल र उषा पंखाजस्ता ब्राण्डका विज्ञापनमा अभिनय गरिसकेकी छन् । भीवोका विज्ञापनमा उनी आमिर खानसँग देखिइएकी थिइन् भने उषा पंखाको विज्ञापनमा उनी किक्रेटर रोहित शर्मा र हार्दिक पाण्डेसँग देखिएकी थिइन् । 

    यस अतिरिक्त सेजल शर्मा ‘आजाद परिन्दे’ नामक वेब सिरिजमा पनि काम गरिसकेकी छन् । उनले पहिलो पटक मोटोरोलाको विज्ञापनमा काम गरेर यस क्षेत्रमा प्रवेश गरेकी थिइन् । 

    राजस्थानको उदयपुरमा स्थायी घर भएकी सेजल शर्माको मृत्युमा विभिन्न टीभी कालाकारले शोक प्रकट गरेका छन् । 

    यस अघि केही हप्ता अघि टीभी अभिनेता कुशल पन्जाबीले पनि आत्महत्या गरेका थिए । 

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast