शनिबार, फागुन १०, २०७६
    स्वास्थ्य

    चीनमा कोरोना भाइरसको संक्रमणले मर्नेको संख्या ४१ पुग्यो

    शनिबार, ११ माघ २०७६, आहाखबर

    बेइजिङ, ११ माघ । चीनमा कोरोना भाइरसको संक्रमणले मर्नेको संख्या ४१ पुगेको छ । वुहान शहरमा शुक्रबार र शनिबार गरेर थप १५ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसले जनाएको छ ।

    त्यस्तै कोराना भाइरसको संक्रमणमा परी बिरामी भएको संख्या पनि एक हजार दुई सय ८७ पुगेको छ । यही महामारीले चिनिया नागरिकहरुले नयाँ वर्षसमेत मनाउन नसकेको अधिकारीहरुले जनाएका छन् ।

    कोरोना भाइरस प्रभावित प्रान्तमा सार्वजनिक यातायात बन्द गर्नुको साथै जमघट नगर्न पनि चीनले आग्रह गरेको छ ।

    यस संक्रमणमा परेका बिरामीहरुलाई सही तरिकाले स्वास्थ्य जाँच गर्नका लागि चीनले एक हजार शय्याको अस्पताल बनाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast