सोमबार, चैत्र २४, २०७६
    सावधान

    बिनाशकारी भूकम्पले लियो १८ जनाको ज्यान

    शनिबार, ११ माघ २०७६, आहाखबर

    एजेन्सी, ११ माघ । टर्कीमा विनासकारी भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । इलाजिग राज्यको सिभ्रिसमा केन्द्रबिन्दु बनाएर ६.८ म्यागनिच्युडको भूकम्प गएको हो ।

    भूकम्पले उक्त राज्यका ठूल्ठूला घर र भौतिक संरचनामा क्षति र्पुयाएको बीबीसीले जनाएको छ । स्थानीय समयअनुसार ५:५५ मिनेटमा भूकम्प गएको थियो । त्यसलगत्तै ६० भन्दा बढी पराकम्पन आएको थियो ।

    भूकम्पले छिमेकी राष्ट्र सिरिया, लेबनान र इरानमा पनि प्रभावित पारेको बताइएको छ । टर्की भूकम्प प्रभावित राष्ट्रमध्येको एक हो। यहाँ कम्तीमा १७ हजारले भूकम्पकै कारण ज्यान गुमाएको तथ्यांकले देखाएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast