सोमबार, चैत्र २४, २०७६
    सावधान

    पक्राउ परेका सांसद दीपक मनाङेलाई २ दिन म्याद थप

    शुक्रबार, १० माघ २०७६, आहाखबर

    पोखरा, १० माघ ।  बिहीबार पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २ दिन म्याद थपिएको छ ।

    सांसद मनाङेले एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई गत मंगलबार पोखराको लेखनाथमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनकै बेला झापड हानेका थिए । उनीविरुद्ध मिलनले बुधबार जिल्ला प्रहरीमा दिएको जाहेरी दरखास्तपछि बिहीबार मनाङे पोखरा लेकसाइडस्थित एक होटलबाट पक्राउ परेका थिए ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धानका लागि ३ दिनको माग गरे पनि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले २ दिनमात्र माग दाबी गरेकोमा सोहीअनुरुप जिल्ला प्रशासन कार्यालयले सदर गरेको हो ।

    कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीले अनुसन्धानका लागि आवश्यक भएमा थप म्याद थप्न सकिने बताए । म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा शुक्रबार दिउँसो उपस्थित गराइएका सांसद मनाङेले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो मिसन सफल भएको बताएका छन् ।

    उनले भने, ‘मेरो मिसन सफल भयो । उसले (मिलन) पोखरामा १० वर्षदेखि सबैलाई ठग्दै आएको रहेछ । कसैले पनि काँग्रेसको मान्छे ऊविरुद्ध बोल्न सकेको रहनेछ ।’ ‘तपाई पनि काँग्रेस हो नि पहिले ?’ भन्ने जिज्ञासामा सांसद मनाङेले त्यही भएर त काँग्रेस छोडेको बताए ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast