सोमबार, फागुन १२, २०७६
    खेल संसार

    नेपालले सन् २०२१ मा हुने टी-२० विश्वकपको ग्लोबल छनोट सोझै खेल्न पाउने

    बिहिवार, ९ माघ २०७६, आहाखबर

    काठमाडौँ, ९ माघ

    नेपालले सन् २०२१ मा भारतमा हुने टी-२० विश्वकपको ग्लोबल छनोट सोझै खेल्न पाउने भएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी-२० वरीयतामा १२ औँ स्थानमा रहेको हुँदा नेपालले सोझै ग्लोबल छनोट खेल्न पाउने भएको हो ।

    १६ टिमको सहभागिता रहने प्रतियोगिताका लागि आइसीसी च्याम्पियनस ट्रफी खेल्ने आठ टिमले सोझै स्थान बनाउनेछन् ।

    अरु टिमले भने क्षेत्रीय छनोट प्रक्रियाबाट आउनुपर्नेछ । जसका लागि पाँच महादेशमा ११ क्षेत्रीय छनोट प्रतियोगिता हुनेछन् र ती प्रतियाेगिताबाट आठ टिम अन्तिममा छनोट हुनेछन् ।

    यसै वर्ष हुने टी-२० विश्वकपको पुछारमा रहेका चार टिमले क्षेत्रीय छनोट खेल्नुपर्नेछ । ग्लोबल छनोटमा स्थान बनाउन उनीहरुले जनवरी १ तारिखसम्म वरीयतामा माथिल्लो स्थानमा रहेको एसोसियट टिम नेपाल, जिम्बावे, यूएई र हङकङसँग खेल्नेछन् ।

    यसको अर्थ चार टिमको स्थानका लागि १६ देशले प्रतिस्पर्धा गर्नेछन् । जसमा दुई वटा फरक ग्लोबल छनोटमा शीर्ष दुईमा रहने टिमले टी-२० विश्वकप खेल्न पाउनेछन् ।

    यसपटक हुन लागेको टी-२० विश्वकपको पहिलो चरणमा पुग्ने १२ टिमले सोझै अर्कोपटकको विश्वकपमा स्थान बनाउनेछन ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast