मंगलवार, फागुन ६, २०७६
    राज्य-समाज

    शहीद स्मारक लिगः जितका साथ थ्री स्टार तेस्रो स्थानमा

    बिहिवार, ९ माघ २०७६, आहाखबर
    काठमाडौँ, ९ माघ
     
    हिमालयन शेर्पा क्लबलाई हराउँदै थ्री स्टार क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ । दशरथ रङ्गशालममा आज भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पालाई ३–१ गोलले हराएको हो । 
     
    जितका साथ थ्री स्टारको १४ अङ्क भएको छ । थ्री स्टारका लागि सुशील राई, सञ्जोग राई र विदेशी खेलाडी वासीयु ओलादिरानले गोल गर्नुभएको थियो भने हिमालयनका लागि स्टेफेन समिरले सान्त्वना गोल गर्नुभएको हो । खेलको छैटौँ मिनेटमा थ्री स्टारका सुशील राईले गोल गर्नुभएको हो ।
     
    यस्तै खेलको ४४औँ मिनेटमा हिमालयन शेर्पाका स्टेफेन समीरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पु¥याउनुभयो । थ्री स्टारका सञ्जोक राईले खेलको ४५औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई २–१ गोलको अग्रता दिलाउनुभयो । 
     
    दोस्रो हाफमा पनि थ्री स्टारले हिमालयन शेर्पालाई दबाबमा राख्यो । खेलको ५०औँ मिनेटमा वासीयु ओलादिरानले थ्री स्टारका लागि तेस्रो गोल गर्नुभयो । त्यसपछिको समयमा भने उसले गोल गर्न सकेन । थ्री स्टार आठ खेलमा चार जित, दुईमा बराबरी तथा दुई खेलमा हारका साथ तेस्रो स्थानमा रहन सफल भएको छ ।
     
      यस्तै हिमालयन शेर्पा आठ खेलमा एकमा जित, चारमा हार तथा तीन खेलमा बराबरी खेल्दै सात अङ्कका साथ लिगको ११औँ स्थानमा छ । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast