सोमबार, चैत्र २४, २०७६
    आर्थिक खबर

    कुन कम्पनीको कति हेलिकोप्टर, बजार हिस्सामा सिम्रिक एयर सबैभन्दा अगाडि

    बिहिवार, ९ माघ २०७६, आहाखबर

    काठमाडौँ, ९ माघ

    हाल निजी वायुसेवा कम्पनीहरुका ३७ भन्दा बढी हेलिकोप्टरले सेवा दिँदै आएका छन् । हेलिकोप्टर उडान अहिले १० वटा कम्पनी रहेका छन् । ति कम्पनीमध्ये सबैभन्दा बढी हेलिकोप्टर श्री एयरलाइन्ससँग रहेको छ ।

    तर, यात्रुको संख्याको आधारमा सबैभन्दा बढी बजार हिस्सा भएको हेलिकोप्टर कम्पनी भने सिम्रिक एयर हो । अहिले सिम्रिक, अल्टिच्युट, एयर डाइनेष्ट्रिक, फिस्टेल, हेली एभरेष्ट,कैलाश,मनाङ, माउन्टेन र प्रभुले हेलिकोप्टर सेवा दिँदै आएका छन् ।

    पछिल्ला समय हेलिकोप्टर कम्पनीहरुबीच आधुनिक र सुविधासम्म हेलिकोप्टर थप्ने प्रतिस्पर्धा पनि सुरु भएको छ । सिम्रिक एयरले पनि केही समयभित्रै २ वटा हेलिकोप्टर ल्याउँदैछ भने एयर डायनेष्ट्रिकले पनि नयाँ एउटा हेलिकोप्टर छिट्टै नेपाल भित्र्याउँदै छ ।


    अहिले नेपाली कलसाइनमा उडान गरिरहेको हेलिकोप्टर कम्पनीहरुमध्ये श्रीको ८ वटा छ। जसमा ६ वटा एमआइ १७ हो। श्रीको ६ वटा हेलिकोप्टरले नेपालमै उडान गरिरहेको छ भने दुईवटा एमए १७ हेलिकोप्टर अफ्रिकामा नै रहेको छ ।

    यसबाहेक एयरडाइनेष्ट्रिकसँग ५, सिम्रिकसँग ५, प्रभुसँग ५, फिस्टेलसँग ३, हेलिएभरेष्टसँग २, अल्टिच्युटसँग २,मनाङसँग २, माउन्टेनसँग २ र कैलाशसँग ३ वटा हेलिकोप्टर रहेको छ ।

    सञ्चालनमा रहेकामध्ये यात्रुबोकेको आधारमा सबैभन्दा बढी बजार हिस्सा ओगट्न सफल कम्पनी सिम्रिक एयर हो । सिम्रिक एयर सन् २०१९ मा २८ सय २६ वटा उडान तथा अवतरण गर्दै ७ हजार ८ सय ८४ यात्रुलाई सेवा दिएको छ । यसैगरी दोस्रो बजार हिस्सा ओग्टन सफल कम्पनी एयरडाइनेष्ट्रिक हो ।

    एयरडाइनेष्ट्रिकले कुल २ हजार ८ सय ३८ वटा उडान तथा अवतरण गरी ६ हजार ६ सय ६० यात्रुलाई सेवा दिएको छ । यसैगरी अल्टिच्युटले एयरले ४ हजार ८ सय ७१ यात्रुलाई सेवा दिएको छ। यसैगरी फिस्टेल एयर ४ सय ३९, हेली एभरेष्टले ४ हजार १ सय ६३, कैलाश हेलिकोप्टरले ४ हजार ५ सय ३५, मनाङ एयरले ३ हजार ९ सय ३८,माउन्टेन हेलिकोप्टरले १ हजार ६ सय २२, प्रभु हेलिकोप्टरले १ हजार ८ सय ९३ र श्री हेलिकोप्टरले २ हजार १ सय ६९ जना यात्रुलाई सेवा दिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast