सोमबार, फागुन १२, २०७६
    राज्य-समाज

    कुवेतमा मात्रै एक वर्षमा ४२ नेपाली कामदारको मृत्यु

    बिहिवार, ९ माघ २०७६, आहाखबर

    काठमाडौं, ९ माघ । एक वर्षमा वैदेशिक रोजगारीमा कुवेत पुगेका ४२ जना नेपाली श्रकिमको मृत्यु भएको छ । यो सन् २०१९ मा कुवेतमा मृत्यु हुनेको संख्या हो । 

    कुवेतस्थित नेपाली राजदूतावासबा अनुसार मृत्यु हुने ४२ जनामध्ये ३१ जना पुरुष र ११ जना महिला श्रमिक रहेका छन् । दूतावासका अनुसार एक तिहाईभन्दा बढीले हृदयघातका ज्यान गुमाएका छन् । हृदयघात भई मृत्यु हुने कामदारहरूको संख्या १५ रहेको छ ।

    मृतकमध्ये सडक दुर्घटनामा बाट ५, कार्यस्थलको दुर्घटना र आत्महत्याबाट ३ जना, आगलागीमा परि ४ जना, परस्पर झगडाबाट एक जनाको मृत्यु भएको छ । मृत्युको कारण नखुल्ने कामदारको संख्या ७ रहेको छ । कुवेतमा घरेलु कामदारको रूपमा जाने नेपालीहरूको संख्या धेरै छ ।

    कुवेतमा गतवर्ष संस्थागत रूपमा १५ हजार र अन्य तरीकाबाट गरी करिब २६ हजार नेपाली वैदेशिक रोजगारीका लागि पुगेका थिए । 

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast