शुक्रबार, चैत्र २१, २०७६
    कला-सौन्दर्य

    गायिका आस्था रावतलाई पक्रिने योजनाबाट पछि हट्यो प्रहरी

    बुधबार, ८ माघ २०७६, आहाखबर

    काठमाडौं, ८ माघ ।  गायिका आस्था राउतलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको प्रहरी स्वदेश फर्किनासाथ पक्रिहाल्ने योजनाबाट प्रहरी पछि हटेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले आस्थाका आमाबुवाले प्रहरी कार्यालयमा ल्याउने प्रतिवद्धता व्यक्त गरे उनलाई नेपाल छिर्नासाथ नपक्रिने बताए । सुवेदीले भने, ‘उहाँलाई कार्यालय हाजिर गराउने अभिभावकको प्रतिवद्धता आए प्रहरी सहयोग गर्न तयार छ ।’

    आफूमाथि दुर्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत एक महिला प्रहरीले उजुरी हालेपछि राउतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले राउतलाई फरार सूचीमा राखेको छ ।

    उनी अहिले कार्यक्रमको सिलसिलामा भारतको सिक्किममा छन् । यसअघि प्रहरीले उनलाई नेपाल आउनसाथ पक्राउ गर्ने बताएको थियो ।

    माघ १ गते बुधबार राउत भद्रपुर जाने क्रममा मध्यान्ह विमानस्थलमा पुगेकी थिइन् । सो क्रममा उनी आन्तरिक टर्मिनलको सुरक्षाकर्मीले जाँचका क्रममा उनलाई ज्याकेट फुकाल्न लगाएका थिए ।

    विमानस्थलमा कार्यरत प्रहरी जवान रमिसा श्रेष्ठले गत आइतबार राउतविरूद्ध अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतलाई पक्रन अनुमति दिएको हो ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast