सोमबार, चैत्र २४, २०७६
    विज्ञान/प्रविधि

    एनसेलले विदेशी पर्यटकलाई ‘टुरिस्ट सिम’ दिँदै, यस्तो छ सिम लिने प्रकृया

    बुधबार, ८ माघ २०७६, आहाखबर

    काठमाडौं, ८ माघ । एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा विदेशी पर्यटकरुलाई ‘टुरिस्ट सिम’ दिने भएको छ । 

    विश्वका विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिस्ट सिम’मार्फत कम्पनीका विशेष सेवाबाट फाइदा लिन सक्ने छन् । एनसेलले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योजना माघ ८ गते बुधवारबाट सञ्चालनमा आएको हो ।

    योजनाअन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिस्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने ‘अल नेटवर्क टक टाईम’ र ‘डेटा बण्डलिङ’ गरिएको प्याकहरू लिन सक्छन् । नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले करसहित मात्र १०० रुपैयाँमा टुरिस्ट सिम सहितको स्टार्टर प्याक लिन सक्छन् । प्याकमा पर्यटकले ३० रुपैयाँ मेन ब्यालेन्स र ३ दिन समयावधि भएको १ जीबी डेटा पाउने कम्पनीले जनाएको छ ।

    सिमको विशेषता भनेको यसमा पे यज यू रेट लागू हुँदैन र पर्यटनले आफ्नो नेपालको बसाइ र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको ३ देखि ३० दिनसम्म समयसीमा रहेका विभिन्न ५ कक्बो प्याकमध्ये कुनै एक प्याक लिन सक्छन् । 

    एनसेलका अनुसार पर्यटकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएका कम्बो प्याकमा ३ दिने प्याकको करसहित २९० रुपैयाँ पर्छ र यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ । ७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको ७ दिने प्याकको करसहित ४९० रुपैयाँ तोकिएको छ भने करसहित ९८० रुपैयाँ पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याक लिन सक्छन् । 

    पर्यटकले ‘टुरिस्ट सिम’ योजनाको कम्बो प्याक सिम लिई सकेपछि एस्ट्रिक्स१७१०५ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् । विश्वका विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकका लागि अल नेटवर्क टक टाइम रहेको भ्वाइस र डेटा सेवा बण्डल गरी नयाँ ‘टुरिस्ट सिम’ योजना सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

    नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सञ्चालनमा ल्याइएको योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ ।

    टुरिस्ट सिम एनसेलका एनसेल सेन्टर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउन्टर र देशका विभिन्न भागमा रहेका ९० वटा पोइन्ट अफ सेल्सहरूबाट लिन सकिनेछ । यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटो कपि बुझाउनुपर्ने छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast