आईतवार, चैत्र २३, २०७६
    सावधान

    धादिङ दुर्घटना, ६ जनाको मृत्यु

    मंगलवार, ७ माघ २०७६, आहाखबर
    धादिङ, ७ माघ
     
    धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा आइचर ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीनजनाको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका क्रममा जिल्ला अस्पताल धादिङमा उनीहरुको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।
     
    दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन् । ढोला मण्डलीबाट धादिङबँेसीतर्फ आउँदै गरेको ग१ख ८०१२ नंको आइचर यात्रु बोकेर तीव्र गतिमा कुदाएका कारण अनियन्त्रित भई दुर्घटना भएको हो ।
     
    घाइतेलाई स्थानीय बासिन्दा र नेपाल प्रहरीले उद्धार गरेका थिए । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । गम्भीर घाइते ७ जना घाइतेलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँ लाने लागिएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast