मंगलवार, फागुन ६, २०७६
    ब्राण्ड/संगठन

    एप्पल आइफोन ९ सार्वजनिक हुँदै, के छन् फिचर्स ?

    मंगलवार, ७ माघ २०७६, आहाखबर

    काठमाडौं, ७ माघ । आइफोन निर्माता कम्पनी एप्पलले आइफोन ९ सार्वजनिक गर्ने भएको छ । यसअघि एप्पल कम्पनिले आइफोन ८ र आइफोन एक्स सार्वजनिक गरेको थियो । 

    एप्पलको आइफोन ९ स्मार्टफोनलाई आइफोन एसई २ को रुपमा विस्तार गर्न सक्ने बुझिएको छ । पछिल्लो डिसेम्बरमै एप्पलले आइफोन एसई २ को लागि काम गरिरहेको छ, भन्ने समाचार बाहिरिएको थियो । भर्खरैको एक रिपोर्टका अनुसार कम्पनीले आइफोन ९ चाँडो भन्दा चाँडो सार्वजनिक गर्न सक्नेछ ।

    कम्पनीले यस फोनलाई अब विश्वभरको बजारमा पुर्याउने योजनाका साथ काम गरिरहेको बताइएको छ । प्रायः आइफोनका जुनसुकै मोबाइल भारत र नेपाललगाएतका देशहरुमा समेत अधिक विक्री हुने फोनमध्येकै एक हो ।

    टेक वेबसाइट सिनेटको एक रिपोर्ट अनुसार आइफोन ९ आइफोन ८ को अपडेटेड भर्सन जस्तै लाग्नेछ । यसमा ४.७ इञ्चको एलसीडी स्क्रिन दिइनेछ । तर, यस फोनमा उही प्रोसेसर दिइनेछ, जुन वर्षको फ्ल्यागसीप आइफोनमा पाइनेछ ।

    यसै वर्ष कम्पनीले A13 Bionic Chip पनि सार्वजनिक गर्नेछ । जानकारी अनुसार आइफोन ९ मा फेस आइडी नदिएर टच आइडी दिन सक्ने बुझिएको छ । आइफोन ९ मा सिंगल रियर क्यामेरा दिइनेछ, तर सफ्टवयरमार्फत यसमा पोट्र्रेड मोड लगाएतका फिचर्स दिइनेछ । कम्पनीले उक्त फोनको सुरुवाती मूल्य ३९९ डालर हुने अनुमान गरिएको छ ।
     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast