मंगलवार, फागुन ६, २०७६
    स्वास्थ्य

    तेब्बर गतिमा फैलिँदै चीनमा कोरोना भाइरस

    मंगलवार, ७ माघ २०७६, आहाखबर

    बेइजिङ, ७ माघ । चीनमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेको छ । कोरोना भाइरस प्रभावितको संख्या तेब्बर गतिमा बढेको छ ।  

    सो भाइरस वुहानबाट शुरु भएकोमा अन्य शहरहरुमा पनि बढ्दै गइरुहेको छ । अहिले २०० भन्दा बढी मानिसलाई सो भाइरसले सताएको पुष्टि भएको छ । 

    वुहानबाट सो रोगका भाइरस अहिले बेइजिङ्ग, सांघाई र सेन्जेनमा पनि फैलिएको छ । तीनजना मानिसको सो रोगबाट मृत्यु भएको छ । जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि सो भाइरसका बिरामी देखिएको जनाइएको छ ।

    सो भाइरसबाट निमोनियाको जस्तो लक्षण देखिने र एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको चीनका सरकारी अधिकारीहरुले जनाएका छन् । 

    श्वासप्रस्वास सम्बन्धी विज्ञ जोङ्ग नाशानले यो भाइरसका बारेमा अनुसन्धान गरिरहेका १४ जना मेडिकल कार्यकर्तालाई समेत यो भाइरसको असर देखिएको छ। कसरी यो फैलिरहेको छ भन्ने बारेको यकिन जानकारी अझै पनि अनुसन्धाताहरुले पत्ता लगाइसकेका छैनन् । 

    बेलायतका विज्ञहरुले भने सो भाइरसको असर करिब  १ हजार ७०० मानिसमा देखिएको जनाएका छन् । सो भाइरसको असरबाट जोगिन विश्वका विभिन्न देशका बिमानस्थलमा चीनबाट आउने यात्रुलाई निगरानी गर्न थालिएको छ ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast