शनिबार, फागुन १०, २०७६
    कला-सौन्दर्य

    आस्था राउतलाई कठोर सजाय हुनसक्ने

    सोमबार, ६ माघ २०७६, आहाखबर

    काठमाडाैं ६ माघ। गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ‘भनाभन’ लाई स्थानीय प्रशासनले कठोर सजाय हुनसक्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छ ।

    प्रशासनले राउतमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अनुसार कारवाही गर्न अनुमति दिएको हो । कसुर पुष्टि भए १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था उक्त दफामा छ ।

    सुरक्षा र कानुन मामिलाका जानकारहरुले भनाभन आचरण÷व्यवहारसँग जोडिएको तर प्रशासनले अपराधका रुपमा डिल गरेको टिप्पणी गरेका छन् । दूई पक्षबीच मिलापत्र गराएर राउतलाई आफन्त वा आबद्ध संस्थाको जिम्मा लगाउने सकिने बाटो हुँदा हुँदै प्रशासनले प्रतिशोध साध्न अपराध आरोप लगाएको उनीहरुको भनाइ छ ।

    राउतबाट आफूमाथि अभद्र व्यवहार भएको भन्दै जवान श्रेष्ठले शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिएकी थिइन् ।कान्तिपुर दैनिक

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast