आईतवार, फागुन ११, २०७६
    लेख/संवाद

    अनुभव : महिनावारी

    आईतवार, ५ माघ २०७६, अंशु कार्की.

    महिनावारी भएकी मेरी आमाले माझेका भाँडालाई दिन भर घाममा सुकाए पनि घरभित्र लाउने बेलामा बाले सुनपानीले छर्कदै चोखो बनाउहुन्थ्यो,मेरो बाल मस्तिष्कमा किन तेसो गरेको होला भनी जहिले नि खुलदुली भैरहन्थो। अनि आमालाइ सोध्ने गर्थे यो पर सरेको भनेको के हो? अनि किन पर सर्दा तपाई चुलोमा पुजाकोठामा नगएको? किन खाटमा नसुतेर भुइँमा गुन्द्रीमा सुत्नु भाको?

    आमाले मुस्कुराउदै भन्नू हुन्थ्यो अहिले तिमी सानी छौ ठुली भएसी सबै कुरा बुज्नेछौ। मलाई नि धेरै उत्सुकता जागेर आउथ्यो। म नि पर सरि हाल्न पाए भन्ने लाग्दथ्यो। अनि कता-कता डर पनि लाग्दथ्यो कि आफ्ना दिदिहरु ,साथीहरु पहिलो पल्ट पर सर्दा २१ दिन, लुकेको दोस्रो पल्ट १५ दिन र तेस्रो पल्ट ७ दिन लुकेको कुरा मानस पटलमा घुमी रहन्थ्यो।

    त्यो बेला अँध्यारो कोठामा बस्नु पर्ने ,सुर्य उदाउनु भन्दा पहिला नुहाइ-धुबाइ सरसफाइ सक्नु पर्ने,आफ्ना दाजुभाइ ,बुवा/काका कसैको मुख हेर्नू हुन्न भन्ने थियोे। यदि लुकेर हेरेमा अनिस्ठ हुन्छ भन्ने मान्यता र चलन चल्ती थियोे ।

    कलिला बाल मस्तिष्कमा ती कुरा गहिरो छाप बनी बसेको थियोे । १२/१३ वर्षका नानीहरुलाइ के थाहा ती मान्यताका बारेमा पाप लागे नि लगोस भनेर लुकाएको कोठाबाट निस्केर चौरमा साथीहरुसित चुङि ,कोटि ,लुकामारी खेल्न पुग्दथे।

    गाउँ कै कसैले आमालाइ कुरा लाइदिए पछि आमा लौरो लिएर लखटनु हुन्थ्यो।फेरि तेहि अध्यरो कोठा मै बस्नु पर्दथ्यो। महिनावारीको समयमा पुरै दिक्क लाग्दो हुने गर्दथो। दिनहरु कहिले सकिएला भनेर औला गन्दै बस्नु पर्दथ्यो। सबैको आफ्नै खाले शारीरिक बनावट हुन्छ , हार्मोन्सको आफ्नो प्रभाब आफ्नै खाले हुन्छ।

    कसैलाइ पर सरेको बेला केहि नहुने,तर कसैलाइ धेरै पिडा हुने(पेट,टाउ,कम्मर ,पुरै शरीर दुख्ने,ज्वरो) हुन्छ र म नि तेहि दुख्ने भित्र परे। सारै कठिन हुन्थे ती दिनहरु ४ दिन रुदै बिताउनु पर्दथ्यो। दुखे मात्रै त हुने नि केही खायो कि बान्ता नै हुन्थ्यो। त्यो बेलामा मलाई नि थाहा भो मेरी आमालाइ नि त्यस्तै हुन्थ्यो होला। र पनि बिहानदेखि घरको सबै काम गर्नु हुन्थ्यो ।


    बाहिरी काम गर्नु परे पनि भित्री काम गर्नु पर्दैन थियोे । त्यो समय अलिकति भए नि आराम मिल्दथ्यो। महिनावारी भएको बेला धेरै पीडा खपेकोले होला अहिलेसम्म नि हाउगुजी जस्तै लाग्छ ।

    उमेर बढ्दै गए पनि त्यसको दुखाइ उस्तै छ। बस त्यो बेला दुखाइ कम गर्ने औसधिको प्रयोग गरिएन। अहिले दुखाइ सुरु हुने बितिक्कै औसधि किनेर खाइ हालिन्छ। कहिले त सारो भएर अस्पताल नै पुगिन्छ। कहिले त औसधि सकि राखेको हुन्छ मेडिकल सम्म पुगेर किनेर खाने आट नि आउदैन र छ्टपटीएर बस्नु पर्छ कि त कसैलाइ गुहार माग्नु पर्छ ।

    यो महिनावारी एक प्राकृति प्रक्रिया हो भन्ने थाहा भए नि । कता-कता कहिले नभए नि हुन्त्थ्यो भन्ने भान मलाई मात्रै हैन धेरैलाई पर्छ होला। घरबाट बाहिर बसेको धेरै भयो,घरको जस्तो बार्ने चलन त छैन।कता-कता मेमोरीमा सेभको कुरा प्रत्येक महिना महिनावारी भएको बेलामा रिकल हुन्छ ।

    बस फरक यति हो पहिला-पहिला पर सर्दा भुइँमा सुत्थे,अहिले खाटमा नै सुतिन्छ। अझै पनि घर गएको बेला पर सरि हाले भने नि चुलोमा जाने आट आउदैन। घर बाहिर त आफै खाना बनाएर खुवाइन्छ। जति नै शिक्षित भए नि त्यो पुर्खौदेखि चली आएको मान्यता तोडन सकेको छैन। कमजोरी कस्को भनु मेरो या यो समाजको मान्यता र परम्पराको.....?

    सुदुरको छाउगोठमा बस्ने आमा,दिदिबहिनी ,भाउजुहरुको हालत कस्तो होला? सोचेर मात्रै पनि कहाली लागेर आउँछ..।आफैले त समाजले दिएको परिबन्धलाइ नाध्न सकेको छैन...अपसोच लाग्छ

    जब सम्म यसलाइ मस्तिष्कबाटै डिलेट गरिदैन समस्या जस्ताको तस्तै रहन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast