सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    भारतीय टिमलाई अर्को झड्का, शिखर धवन चाेटग्रस्त

    शनिबार, ४ माघ २०७६, आहाखबर

    काठमाडौं, ४ माघ । अस्ट्रेलियाविरुद्धको तेस्रो एक दिवसीय अघि भारतीय टिमलाई फेरि अर्को झड्का लागेको छ । 

    दोस्रो एक दिवसीय क्रिकेटमा उत्कृष्ट ब्याटिङ गरेका ओपनर शिखर धवन घाइते भएको खबर सार्वजनिक भएको हो । पहिलो एक दिवसीय क्रिकेटमा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त घाइते भएपछि दोस्रो खेलमा उनी सहभागी भएका थिएनन्। 

    अस्ट्रेलियाका बलर प्याट कमिन्सको बाउन्सर बल लागेर घाइते भएका धवन फिल्डिङ गर्न आएनन् । उनको ठाउँमा युजबेन्द्र चहलले फिल्डिङ गरेका थिए । दोस्रो ओभरमै चोट बोके पनि धवनले ९६ रन जोड्दै भारतलाई उच्च स्कोरमा लैजान मद्दत गरेका थिए ।

     

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast