शनिबार, फागुन १०, २०७६
    बिदेश

    दक्षिण कोरियामा अमेरिकी राजदूत ह्यारीसको जुँगाको चर्को विरोध

    शनिबार, ४ माघ २०७६, आहाखबर

    एजेन्सी, ४ माघ । अमेरिकी राजदूत ह्यारी ह्यारीसको जुँगाको विषयलाई लिएर दक्षिण कोरियामा चर्को विरोध भएको छ । उनले पालेको जुँगाको विषयलाई लिएर कोरियाली जनताले विरोध गरिरहेका हुन् ।

    ह्यारीस सन् २०१८ यता कोरियाका लागि राजदूत छन् । एक र्यालीमा कोरियाली नागरिकले ‘ह्यारीसलाई दक्षिण कोरियाको राजदूतबाट हटाउनु पर्छ’ भन्ने नारा लगाएका थिए । सोही प्रवृत्तिको पर्चा पनि बोकिएको थियो ।

    ह्यारीसको जुँगाको विरोधमा उत्रिएका प्रदर्शनकारीका अनुसार उनको जुँगाले जापानी उपनिवेशकालिन क्षणको झल्को गराउँछ ।

    सन् १९१० देखि १९४५ सम्म कोरिया जापानको उपनिवेश बनेको थियो । त्यसबेला जापानी गभर्नर तथा आर्मीका जनरलहरुले जुँगा पाल्दथे ।

    दोस्रो विश्वयुद्ध ताका जापानका प्रधानमन्त्री हिदेकी तोजोको पनि जुँगा थियो। राजदूत ह्यारीसको जन्म जापानी आमाबाट भएको हो।

    उनका अनुसार यसै कारणले पनि कोरियाली नागरिकले उनको आलोचना गरिरहेका छन् । कोरियाको राजदूत भएपछि मात्र ह्यारीसले जुँगा पालेका हुन् ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast