बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    कानून निर्माण र आयोगमा पदाधिकारी नियुक्तिमा नेकपा र कांग्रेसबीच जुट्यो सहमति

    शनिबार, ४ माघ २०७६, आहाखबर

    काठमाडौं, ४ माघ । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहमति जुटेको छ । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कानुन लगायतका विषयमा नेकपा र कांग्रेसबीच सहमति जुटेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताहरु सहभागी बैठकमा कानुन निर्माण र आयोगमा पदाधिकारी नियुक्तिको सहमति भएको हो ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले थापाले पुस २८ मा सातै प्रदेशबाट प्राप्त भएको सुझावलाई समेटेर ऐन संशोधन गर्ने सहमति भएको बताए। ‘द्वन्द्वकालीन मुज्ञाहरुलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्रीको आह्वानमा बसेको दुई दलको बैठक निर्णयमा पुगेको छ’, नेपालखबरसँग सल्लाहकार थापाले भने, ‘कानुन निर्माणको प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भयो।’

    बैठकमा सहभागी नेकपाका नेता खिमलाल देवकोटाले कानुन निर्माण प्रक्रियालाई अगाडि बढाउने विषयमा दुवै दल सहमतिमा पुगेको बताए । उनले भने, ‘सातै प्रदेशबाट प्राप्त सुझाबलाई समेटेर कानुन मन्त्रालयले विधेयक अगाडि बढाउने र हिउँदे अधिवेशनबाटै त्यसलाई पास गरेर अगाडि बढ्ने सहमति भएको छ ।’ 

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast