बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    'उपसभामुखले राजीनामा दिनुहुन्छ, सभामुख नेकपाबाटै बन्छ'

    शनिबार, ४ माघ २०७६, आहाखबर

    म्याग्दी, ४ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६ गते बस्ने संघीय संसदको बैठकले सभामुख निर्वाचन प्रक्रिया शुरु गर्ने बताएका छन् ।

    शनिबार बिहान बेनीमा प्रेस संगठन नेपाल म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले अब पनि सूचना टाँस गरेर संसद बैठक स्थगित हुने वातावरण नहुने विश्वास व्यक्त गरे ।

    उपसभामुखले राजीनामा दिने र सभामुख नेकपाबाटै हुने उनले बताए । सभामुख चयनका विषयमा पार्टी भित्र कुनै विवाद नभएको उनको भनाइ थियो ।

    आगामी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको शिलशिलामा म्याग्दी पुगेका नेता श्रेष्ठले बहुचर्चित एमसीसीका बारेमा सचिवालयको बैठकमा छलफल भएको बताउँदै राष्ट्रहित र स्वाधीनतालाई प्राथमिकतामा राखेर पार्टीले चाँडै उचित निर्णय लिने बताए ।

    आगामी २०७७ साल भित्र पार्टीका सबै कमिटीको अधिवेशन गर्ने गरी पार्टी भित्र छलफल चलेको उनले बताए ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast