शुक्रबार, आषाढ २६, २०७७
    पर्यटन समाचार

    बेसक्याम्पबाट बेपत्ता भएका पाँच जनाको जीवितै उद्धार

    शनिबार, ४ माघ २०७६, आहाखबर

    काठमाडौं, ४ माघ । अन्नपूर्ण आधार शिविरमा बेपत्ता भएका मध्ये ५ जनाको  जीवितै उद्धार गरिएको छ ।

    घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित ६ जना बेपत्ता भएका छन् । अन्नपूर्ण आधार शिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये एक नेपालीसहित पाँच जनाको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले बताए ।

    उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताउँदै उनले मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत पोखरा ल्याइने बताए ।

    अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियन नागरिक र दुई जना नेपाली गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । ‘मोबाइलको चार्ज सकिएर पनि सम्पर्क हुन नसकेको हुनसक्दछ, सो क्षेत्रका स्थानीय पर्यटन व्यवसायी र प्रहरीसहितको सात जनाको टोली अहिले उद्धारका लागि छुमरुङ पुगिसकेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

    हिमपहिरोमा परी बेपत्ता भएकाको उद्धारका लागि आवश्यक सामग्रीसहितको पाँच जनाको अर्को टोली पनि छुमरुङ पुगेको छ ।

     

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast