बुधबार, फागुन ७, २०७६
    कला-सौन्दर्य

    गायिका आस्था राउतमाथि कारबाहीको तयारी

    शनिबार, ४ माघ २०७६, आहाखबर

    काठमाडौं, ४ माघ । गायिका आस्था राउतमाथि ‘अभद्र व्यवहार’को मुद्दामा प्रहरीले कारबाही प्रक्रियाअघि बढाएको छ ।

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा गायिका राउतले  ‘अभद्र व्यवहार’ गरेको भन्दै हिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएपछि उनले मद्दा दायर गरेकी थिइन् । 

    सुरक्षा जाँचका क्रममा गायिका राउतको महिला प्रहरी श्रेष्ठसँग विवाद भएको थियो । महिला प्रहरी श्रेष्ठले गायिका राउतले सुरक्षा जाँचका क्रममा दुव्यवहार गरेको भन्दै विमानस्थल प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी पठाइएको छ ।

    सोहि जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंमा आज पुग्दैछ। महानगरीय प्रहरी परिसर काठमाडौंमा उक्त जाहेरी प्राप्त भएपछि गायिका राउतमाथि कारबाहीको हुने काठमाडौं परिसरका प्रमुख उत्तमराज सुवेदीले बताए ।

    गायिका राउतको कसुर प्रमाणित भएमा पाँच महिनादेखि एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने छ ।

     

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast