मंगलवार, चैत्र १८, २०७६
    लाइफस्टाइल

    यस्तो छ आजको मौसम पूर्वानुमान

    शनिबार, ४ माघ २०७६, आहाखबर

    काठमाडाैं ४ माघ। मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम हुँदै गएको जानकारी दिएको छ । महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमानमा आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जानकारी दिएको हो ।

     

    अहिले देशभर आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको जारी सूचनामा उल्लेख गरिएको छ ।

    यसैगरी, आज दिनभर आंशिक र सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख गरिएको छ । पहाडी र तराईका केही भूभागका थोरै स्थानमा मात्रै हल्का वर्षा हुने छ । भने उच्च पहाडी र हिमाली भेगमा केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

    त्यस्तै, राति भने देशको पहाडी भूभागमा आंशिक र सामान्य बदली हुन सक्ने तथा तराईका केही भूभागमा आंशिक बदली भई पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast