बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    सुन तस्करीमा पक्राउ परेका कांग्रेस सांसदका पीए रिहा

    शनिबार, ४ माघ २०७६, आहाखबर

    काठमाडाैं ४ माघ। रुपन्देही प्रहरीले सुन तस्करीमा पक्राउ परेका सांसदका पीएलाई उन्मूक्ति दिएको छ । रिहा हुनेमा नेपाली कांग्रेसका सांसद प्रमोदकुमार यादवका स्वकिय सचिव कमलेश उपाध्याय रहेका छन् ।

    सशस्त्र प्रहरी बल नम्बर २७ गणको टोलिले यहि २५ पुसमा गल्लामण्डीबाट सुनसहित ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका समरीमाई गाउपालिका–२ का ३५ वर्षीय कयस महमद शेख, मायादेवी गाउँपालिका–५ का २६ वर्षीय कमलेश उपाध्यय र सिद्धार्थनगर नगरपालिका–८ का ४२ वर्षीय बलराज गुप्तालाई सशस्त्र प्रहरीले थप कारबाहिका लागी सोही दिन जिल्ला प्रहरी कार्यलयमा बुझाएको थियो ।

    तर, रुपन्देही प्रहरीले एउटै मुद्धामा पक्राउ गरी थप अनुसन्धानको लागी ल्याइएका तीनजना मध्ये दुई जनालाई छाडीदिएको छ । प्रहरीले नेपाली कांग्रेसबाट रुपन्दही क्षेत्र नम्बर ४ बाट संघीय सभामा प्रतिनिधित्व गर्ने सांसद प्रमोदकुमार यादवको दबाबमा दुई जनालाई छाडिदिएको बुझिएको छ ।

    सुन तस्करीमा संलग्न रहेका यादवका स्वकिय सचिव उपाध्याय र बलराज गुप्तालाई उन्मिुक्ति दिएको हो । तर, सँगै पक्राउ परेका मोहमद शेषमाथि भने प्रहरीले मुद्धा चलाएको छ ।

    सांसद यादवका पीएसहितको टोलीले उक्त सुन भारतको दिल्लीमा रहेको गिरोहलाई बेच्न भैरहवामा डिल गरिरहेको बेला सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक टेकप्रसाद पौडेलको टोलीले ७ सय १६ ग्राम सुनसहित पक्राउ गरेको थियो । तर, प्रहरीले भने बरामद भएको सामग्री सुन जस्तै देखिए पनि पहेंलो धातुमात्र भएको बताएको छ ।

    जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले एकजनालाई मुद्धा चलाएको र बाँकी दुई जनालाई रिहा गरिएको बताए । रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापालाई कांग्रेस नेतृत्वले समेत सांसदका पीए छाड्न दबाब दिएका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast