बुधबार, फागुन ७, २०७६
    राज्य-समाज

    होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राख्ने खगेन्द्रको निधन

    शुक्रबार, ३ माघ २०७६, आहाखबर

    चिप्लेढुङ्गा, ३ माघ

    होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका बागलुङ धुल्लुबाँस्कोटका खगेन्द्र थापा मगरको आज निधन भएको छ । श्वास प्रश्वासमा समस्या आएपछि पोखराको मणिपाल अस्पतालमा बिहीबार भर्ना गरिएका खगेन्द्रको आज दिउँसो निधन भएको चिकित्सकले जनाएका छन् ।  

    मणिपाल अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा भर्ना भएका थापा मगरलाई आज दिउँसो करीब ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले जानकारी दिनुभयो । 

    खगेन्द्रले विश्व कीर्तिमानी राखेको आठ महिना मात्रै रहेको थियो । उनको रेकर्ड जुनरी वालाविङले तोडेका थिए । जुनरी कीर्तिमानीलाई पनि नेपालका चन्द्रबहादुर डाँगीले तोडेका थिए । उनको पनि निधन भएपछि होचा व्यक्तिको नाममा जुनरी वालाविङको नाम रहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast