मंगलवार, फागुन ६, २०७६
    मुभी-थिएटर

    फ्राइडे रिलिज : एक नेपालीसँगै दुई विदेशी फिल्म प्रदर्शनमा

    शुक्रबार, ३ माघ २०७६, आहाखबर

    काठमाडौँ, ३ माघ

    फ्राइडे रिलिज अन्तर्गत यो साता नेपाली फिल्म ‘१२ सत्ताइस’ प्रदर्शनमा आएको छ । त्यस्तै बलिउड तर्फ फिल्म ‘जय मम्मी दी’ र हलिउडतर्फ थ्रडी फिल्म ‘डु लिटल’ प्रदर्शनमा आएको छ।

    कमेडी जनारामा निर्माण भएको फिल्म ‘१२ सत्ताइस’लाई जोन योञ्जनले निर्देशन गरेका हुन्। फिल्ममा निर्देशक योञ्जनकै कथा रहेको छ । फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । पैसाको पछि लागेका युवाहरुको जीवनमा आइपर्ने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको छ ।

    त्यस्तै बलिउड फिल्म ‘जय मम्मी दी’लाई नवजोत गुलाठीले निर्देशन गरेका हुन् । कमेडी जनारामा निर्माण भएको यस फिल्ममा सनी सिंह, सोनाली सेयगल, सुप्रिया पाठक लगायतको अभिनय रहेको छ । बलिउड थ्रिडी फिल्म ‘डु लिटल’पनि आजबाट प्रदर्शनमा आएको छ । 

    स्टेफेन गगहानद्वारा निर्देशित यस फिल्ममा टम होल्यान्ड, इमा थोपसन लगायतले अभिनय गरेका छन् । यो कमेडी जनारमा निर्माण भएको फिल्म हो ।


     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast