सोमबार, फागुन १२, २०७६
    यातायात

    नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध

    शुक्रबार, ३ माघ २०७६, आहाखबर

    काठमाडौं, ३ माघ । बिहीबारदेखि परेको वर्षाले नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । 

    उक्त नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो ।

    पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ ।

    वर्षाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast