मंगलवार, फागुन ६, २०७६
    सावधान

    दुई महिने शिशुसहित एकै परिवारका ४ जनाले त्रिशूलीमा हाम फाले

    शुक्रबार, ३ माघ २०७६, आहाखबर

    काठमाडौं, ३ माघ । दुई महिने शिशुसहित एकै परिवारका ४ जनाले त्रिशूलीमा हाम फालेका छन् । बिहीबार साँझ चारै जनाले त्रिशूलीमा हाम फालेर आत्महत्याको प्रयास गरेका हुन् । 

    दुई महिने शिशुसहित सामूहिक हाम फालेका मध्ये एक जनालाई भने स्थानीयले जिवितै उद्धार गरेका छन् । काठमाडौं चद्रागिरी घर भएका बिनय लामिछाने र जमुना रेग्मी लामिछानेले २ र २२ महिनाका छोराहरू साथैमा लिएर बिहीबार साँझ त्रिशूलीमा हाम फालेको स्थानीयले बताएका छन् ।

    बिहीबार साँझ ७ बजेतिर धादिङको रोराङ गाउँपालिका–३, स्थित बादरे मोड छेउबाट दुई महिने शिशुसहित चार जनाले हाम फालेका हुन् । दुईछोरा बेपत्ता छन् । श्रीमतिको भने मृत्यु भएको छ ।

    प्रहरीका अनुसार जमुनाको मृत्यु भएको छ । श्रीमान विनयलाई भने स्थानीयले जिवितै उद्धार गरेका थिए । दुई छोरा बेपत्ता छन् । प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । त्रिशूलीमा पानीको बहाव बढ्नुका साथै धमिलो भएकाले खोजीमा समस्या भएको प्रहरीले जनाएको छ ।

    चारै जनाले नदीमा हाम फालेर सामूहिक आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याले धादिङले जनाएको छ । 
     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast