सोमबार, चैत्र २४, २०७६
    आर्थिक खबर

    सुनको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?

    शुक्रबार, ३ माघ २०७६, आहाखबर

    काठमाडौं, ३ माघ । नेपाली बजारमा सुनको भाउ शुक्रबार तोलामा १ सय रुपैयाँले बढेको छ । बिहीबार ७४ हजार ७ सयमा कारोबार भएको सुन आज प्रतितोला ७४ हजार ८ सय रुपैयाँ पुगेको हो । 

    सुनको भाउ आज तोलाको ७४ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

    गएको पुस २३ गते बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । त्यो दिन तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो, जुन मूल्य अहिलेसम्मकै महँगो हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast