सोमबार, फागुन ५, २०७६
    आर्थिक खबर

    राजस्व संकलन सुस्त : ६ महिनामा ३८.९५ प्रतिशत मात्रै संकलन

    शुक्रबार, ३ माघ २०७६, आहाखबर

    काठमाडौं २ माघ । चालू आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा निकै कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्ममा सरकारले ३८ दशमलव ९५ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो । चालू आवका लागि सरकारले कुल ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो ।

    सरकारले यो अनुपातमा लक्ष्य भेट्न अझै ६१ दशमलव ५ प्रतिशत राजस्व संकलन गर्नुपर्ने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पुसको अनुमानित लक्ष्य पूरा भए पनि विगत ६ महिनादेखि अहिलेसम्मको अवधिमा लक्ष्यभन्दा कम राजस्व असुली भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख धनीराम शर्माले पुसमा लिएको लक्ष्य भने पूरा भएको जानकारी दिए ।

    चालू आवका लागि सरकारले कुल ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । जसमध्ये सरकारले कर राजस्वतर्फ १० खर्ब ९ अर्ब १६ करोड १८ लाख रुपैयाँ र गैरकरतर्फ कुल १ खर्ब २ अर्ब ८७ करोड १४ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।

    पुस मसान्तसम्म ४० प्रतिशत राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । सरकारले पुसको अन्तिम दिन मात्र ४२ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast