बुधबार, चैत्र २६, २०७६
    यातायात

    ट्याङ्करको ठक्करबाट मृत्यु

    बिहिवार, २ माघ २०७६, आहाखबर

    सुरुङ्गा, २ माघ

    पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल ०८ ए ७८३० को पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करले ठक्कर दिँदा झापामा आज एक व्यक्तिको मृत्यु भएको छ । 

    मृतकको नाम थर बतन भने खुल्न सकेको छैन । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साइकललाई ट््याङ्करले पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–४ कोटिहोम सडकखण्डमा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । 

    ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका उनलाई बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका लागि ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast