शुक्रबार, चैत्र २८, २०७६
    शेयर बजार

    सेयर खरिदबिक्रीमा रौनकता, नयाँ उचाईमा नेप्से

    बिहिवार, २ माघ २०७६, आहाखबर

    काठमाडौँ, २ माघ 

    सेयर खरिदबिक्रीमा रौनकता थपिने क्रमले निरन्तरता पाएको छ । बिहीबार पौने २ घन्टामै आधा अर्ब (५० करोड) रुपैयाँ भन्दा बढीको सेयर कारोबार भइसकेको छ । नेप्से सूचक पनि दोहोरो अंकले बढेर १३०० विन्दु आसपासमा रहेको छ । 

    नेप्सेले दिनहुँ नयाँ उचाई बनाउँदै जानु, कारोबार रकममा निरन्तर सुधर हुनु लगायतका कारण सेयर बजारको आगामी दिनहरु निकै सकारात्मक हुने अनुमान गर्न सकिन्छ ।

    बैंकमा तरलता सहज हुन थालेसँगै सेयर बजारले पनि गति लिन सुरु गरेको हो । माघ लागेसँगै बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी थपिएको छ । तरलता सहज अवस्थामा रहेपछि बैंकहरुले ग्राहकलाई बोलाइबोलाई कर्जा दिन थालेका छन् । 

    आधार दर घटिरहेकाले ब्याजदर पनि तुलनात्मक रुपमा सस्तो हुन थालेको छ । यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिन थालेको हो । खरिदबिक्री निरन्तर माथि लागेकाले क्रमशः सेयरहरु कर्नरिङ हुन थालेको अनुमान छ । 

    यो समाचार तयार पार्दा  ५० करोड रुपैयाँको हाराहारीमा सेयर कारोबार भइसकेको छ । नेप्से सूचक पनि करिब १७ अंकले बढेर १३०१ विन्दु आसपासमा रहेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast