मंगलवार, फागुन ६, २०७६
    सावधान

    भूकम्प दिवसकै दिन गयो बझाङमा भूकम्प

    बिहिवार, २ माघ २०७६, आहाखबर

    बझाङ, २ माघ । बिहीबार भुकम्प दिवसकै दिन बझाङमा भूकम्प गएको छ । बिहीबार बिहानै बझाङको तल्कोट गाउँपालिका मेलबिसौना केन्द्रबिन्द भएर बिहान ५ बजेर ४९ मिनेटमा भूकम्प गएको हो ।

    भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ३.८ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । भूकम्पको झट्का सानो भएकाले हल्का धक्का मात्र महशुस गरिएको छ ।

    यसअघि मंसिर २ गते बझाङको खप्तडछन्ना गाउँपालिका–१, पौवागढी आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    भूकम्प गएको ठाउँमा फोनसम्पर्क बिच्छेद भएको तल्कोट गाउँपालिकाकी उपाध्यक्ष धनलक्ष्मी खत्रीले बताइन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast