मंगलवार, चैत्र १८, २०७६
    विज्ञान/प्रविधि

    बन्द भयो विन्डोज–७ अपरेटिङ सिस्टम, अपग्रेड गर्न माइक्रोसफ्टको आह्वान

    बुधबार, १ माघ २०७६, आहाखबर

    काठमाडौं, १ पुस । मंगलबारदेखि विन्डोज–७ अपरेटिङ सिस्टम बन्द भएको छ । विन्डोज–७ बन्द भएपछि माइक्रोसफ्टले आफ्ना प्रयोगकर्तालाई जतिसक्दो चाँडो सिस्टम अपग्रेड गर्न आह्वान पनि गरेको छ । 

    नयाँ प्रविधिमा ’फोकस’ हुने भन्दै कम्पनीले विन्डोज–७ बन्द गरेको हो । करिब दुई वर्षअघि नै कम्पनीले यसबारे जानकारी भने दिएको थियो । विन्डोज–७ बन्द भएसँगै प्रयोगकर्ताले कुनै पनि महत्वपूर्ण सेक्युरिटी अपडेट र उपकरण सुरक्षित राख्ने अन्य सुविधाहरू पाउने छैनन्।

    अहिले पनि विन्डोज प्रयोगकर्ताका एक चौथाइले विन्डोज–७ नै प्रयोग गरिरहेको स्टाटकाउन्टरको तथ्यांक छ । माइक्रोसफ्ट लामो समयदेखि विन्डोज–७ मा ह्याकरहरूको आक्रमणबाट पीडित थियो । विभिन्न भाइरसका कारण प्रयोगकर्ता समस्या परिरहेका थिए । अब विन्डोज–७ मा कुनै समस्या आए माइक्रोसफ्टले समाधान गर्ने छैन ।

    ‘अपडेट र सुरक्षा सुविधा नभएपछि विन्डोज–७ मा चल्ने उपकरणहरूमा भाइरसको समस्या झन् धेरै हुन्छ’ माइक्रोसफ्टको वेबसाइटमा लेखिएको छ । क्यास्पर्सकी ल्याबका वरिष्ठ सुरक्षा अध्येता डेभिड इमले पनि जतिसक्दो चाँडो प्रयोगकर्ताले नयाँ विन्डोज राख्नुपर्ने सुझाएका छन् । 

    नभए कम्प्युटरहरूमा भाइरस र अन्य समस्याले आक्रमण गर्नेछ र पूरै बिग्रिन पनि सक्छ । त्यस्तै ह्याक भएमा कम्प्युटरमा भएका सबै डेटा र विवरण पनि चोरिन सक्छ। मंगलबारबाट विन्डोज–७ बन्द भए पनि कम्प्युटर चलिनैहाल्छ । तर यसमा जोखिम धेरै हुनेछ । त्यसैले माइक्रोसफ्टले विन्डोज-१० अपग्रेड गर्न भनेको छ । 

    यो खबरसँगै बेलायती अधिकारीहरूले इन्टरनेट बैंकिङ कारोबार वा इमेल गर्न विन्डोज–७ नचलाउन चेतावनी पनि दिएको छ । 

     

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast