शनिबार, आषाढ २०, २०७७
    बैंक-बीमा

    आजदेखि अरूको बैंक खातामा पैसा जम्मा गर्ने व्यक्तिको पनि ३ पुस्ते विवरण चाहिने

    बुधबार, १ माघ २०७६, आहाखबर

    काठमाडाैं, १ माघ । आजदेखि अरूको बैंक खातामा पैसा जम्मा गर्ने व्यक्तिको पनि ३ पुस्ते विवरण चाहिने भएको छ।

    सम्पत्ति शुद्धीकरण निवारणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स 'एफएटिएफ'को नियमअनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई गोएएमएल सफ्टवेर राख्न निर्देशन दिएको थियो।

    राष्ट्र बैंकको निर्देशन अनुसार आज माघ १ गतेदेखि वाणिज्य बैंकहरूले अरूको बैंक खातामा पैसा जम्मा गर्ने व्यक्तिको पनि ३ पुस्ते लिनेछन्।

    ०७७ असार १ गतेदेखि विकास बैंक र फाइनान्स कम्पनीहरूले गोएएमएल सफ्टवेर राख्नुपर्नेछ। विकास बैंक र फाइनान्स कम्पनीले आगामी असारदेखि अरूको खातामा पैसा जम्मा गर्ने व्यक्तिको ३ पुस्ते लिनेछन्।

    आजदेखि कुनै पनि वाणिज्य बैंकमा गएर अरू व्यक्तिको खातामा रकम जम्मा गर्ने व्यक्तिले पनि आफ्नो ३ पुस्ते विवरण भर्नुपर्नेछ।

    त्यतिमात्रै होइन, आफ्नो पहिचान खुल्ने सक्कली प्रमाणपत्र अर्थात् नागरिकता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचयपत्र वा पासपोर्टसमेत देखाउनुपर्नेछ।

    यो प्रणाली प्रायः विश्वका सबै देशको बैंकिङ क्षेत्रमा लागू गरिएको छ। नेपालमा २ वर्ष अगाडिबाट नै राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा गोएएमएल प्रणाली लागू गर्ने तयारी गरिरहेको थियो।

    तोकिएको समयमा गोएमएल लागू नगर्ने बैंक तथा वित्त कम्पनीलाई राष्ट्र बैंकले ५ लाखदेखि १० करोड रुपैयाँसम्म जरिवाना तिराउने राष्ट्र बैंकको भनाइ छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast