मंगलवार, चैत्र १८, २०७६
    लाइफस्टाइल

    आजदेखि पुन: वर्षा हुने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    बुधबार, १ माघ २०७६, आहाखबर

    काठमाडाैं, १ माघ । बुधबार अर्थात आजदेखि देशका धेरै ठाउँमा पुन: वर्षा  तथा हिमपातकाे भनिएकाे छ । 

    मौमस पूर्वानुमान महाशाखाले मंगलबार विशेष बुलेटिन निकालेर बुधबार बेलुकी नेपाल प्रवेश गर्ने पश्चिमी न्यूनचापीय प्रणालीका कारण भोलि राति देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही केही ठाउँमा पानी पर्ने जानकारी दिएको हो । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यस प्रणालीका कारण बिहीबार काठमाण्डौसहित मध्य र पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा भारी हिमपातको सम्भावना रहेको मौसमविद् सजना शाक्यले बताए । 

    यो प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपातको संभावना रहेकोले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast